नियम २१
योग्यताक्रम कायम गर्ने
(१) खुल्ला प्रतियोगिताद्वारा छनौट भई नियुक्ति पाएको प्रहरी कर्मचारीको आधारभूत तालीम नसकिंदासम्म नियुक्तिको क्रमसङ्ख्या अनुसार र तालीम सम्पन्न भए पछि सो तालीममा प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रम कायम हुनेछ ।
तर प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहका प्राविधिक प्रहरी कर्मचारीको हकमा नियुक्तिको लागि सिफारिस भएको क्रम अनुसारको “योग्यताक्रम कायम हुनेछ ।
(२) बढुवा भएका प्रहरी कर्मचारीको हकमा सम्बन्धित बढुवाको सिफारिसको क्रम अनुसार योग्यताक्रम कायम हुनेछ ।
(३) खुल्ला प्रतियोगिताद्वारा छनौट भई नियुक्ति पाई प्रहरी आधारभूत तालीममा सहभागी नभएको प्रहरी कर्मचारी अर्को पटकको तालीममा सहभागीे भएमा निजको योग्यताक्रम कायम गर्दा निजसँग छनौट भई प्रहरी आधारभुत तालीम लिई सकेका अन्य प्रहरी कर्मचारी भन्दा पछाडि क्रमशः कायम गरिनेछ ।